परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपि स्मृती भवनको उद्घाटन

कैलाली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईराला र मङ्गला देवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपिस्मृति भवनको उद्घाटन गर्नुभएको छ ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नं-२ को आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं-१ थपालीपुरमा उक्त भवनको आज उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्यसमेत ररहनुभएकी परराष्ट्रमन्त्री देउवासँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलगायत काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।