नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर २ हजार ६ सय ७७ दशमलव ३२ विन्दुमा झरेयो

काठमाण्डौ । हिजो साढे ११ अङ्कले घटेको शेयर बजार आज पनि झन्डै ११ अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर २ हजार ६ सय ७७ दशमलव ३२ विन्दुमा झरेको छ । अन्य र व्यापारबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर ६ अर्ब ९६ करोड २ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।