
सुनको मुल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । सुनको मुल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले बढेको छ । सुन आज १ हजार ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको मुल्य लगातार बढीरहेको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कायम भएको थियो ।