
नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन काठमाण्डौमा सुरू
काठमाण्डौ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन काठमाण्डौमा सुरूभएको छ । नेसपाको महाधिवेशन कमलादीको नेपाल प्रज्ञा भवनमा सुरू भएको हो ।
उद्घाटन समारोहमा नेसपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायत पुराना दल र नेताहरूलाई निम्तो दिएको थिएन । नेसपाले राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत नयाँ दलका नेताहरूलाई भने बोलाएको थियो ।
नयाँ दलका नेताहरूले नेपाल समाजवादी पार्टीको महाधिवेशनको सफलता शुभकामना दिएका छन् ।