
चारवटा प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना
काठमाणडौ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।
यस्तै अहिले तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । तराईको हुस्सु तथा कुहिरो दिउँसोदेखि खुल्ने सम्भावना छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल र तराइमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।