
उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने शिक्षामन्त्री भट्टराईको घोषणा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताउनुभएको छ। यसका लागि गृहकार्य अगाडि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो ।
मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको ‘गुण्स्तर प्रत्यायनकृत सामूदायिक कलेजका अवसर र चुनौति’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँका अनुसार शिक्षालाई रोजगार, सीप र उद्यमसँग जोड्नका लागि समेत पाठ्यक्रममा इन्टर्न अनिवार्य गर्न लागिएको हो ।
सामुदायिक विद्यालय र कलेजका आफ्नै प्रकृतिका समस्या रहेको बताउँदै उहाँले घट्दो विद्यार्थी संख्या र बढ्दो विदेश पलायन रोक्न शिक्षालाई तलबमा मापन गर्न सक्नुपर्ने शिक्षामन्त्री भट्टराईले बताउनुभयो।