सुनको मुल्य ४ सय रुपैयाँले घट्यो
काठमाण्डौ । सुनको मुल्य आज ४ सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार ४ दिनदेखि बढेको सुनको मुल्य आज केही घटेको हो । हिजो सुनको मुल्य तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मुल्य भने बढेको छ । चाँदीको मुल्य ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।