![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/Screenshot-2025-02-07-105027.png)
त्रिदेशीय महिला टी–२० क्रिकेट शृङ्खला : अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दै
काठमाण्डौ – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङखलाको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डले खेल्दैछन् ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । लगातार ५ खेलमा जीतविहिन नेपाल यसअघि नै उपाधि होडबाट बाहिरीसकेको छ ।
आजको अन्तिम खेलबाट थाइल्याण्ड र नेदरल्याण्ड्समध्ये एकले उपाधि जित्नेछ । हिजो थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले पनि उपाधिको सम्भावनालाई कायमै राख्यो ।
नेदरल्याण्ड्सले उपाधि जित्न आज नेपालले थाइल्याण्डलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ । तर नेपाल सामान्य अन्तरले पराजित भएमा थाइल्याण्डले उपाधि जित्नेछ ।
नेदरल्याण्ड्स ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । थाइल्यान्ड ५ खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।