तराईका केही ठाउँमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

काठमाण्डौ । आज तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली छ ।

देशका अरु ठाउँमा आज मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहने छ ।

त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।

आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

दिउँसो काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।