विद्यार्थी परिषदको पहिलो निर्वाचन सम्पन्न, मनिष घिमिरे अध्यक्ष निर्वाचित
मदन भण्डारी मेमोरियल कलेजको विद्यार्थी परिषदको चुनाव सम्पन्न भएको छ । माघ २३ गते सम्पन्न भएको निर्वाचनको मतगणना आज गरिएको हो ।
कुल ४७ मत खसेकोमा अध्यक्षमा निर्वाचित मनिष घिमिरेले ३३ मत पाउनुभयो भने अन्य अध्यक्षका प्रत्यासी मुकेश जोशीले १४ मत र विकास चौलागाईले शून्य मत प्राप्त गर्नुभयो । यस्तै निर्वाचित हुनेमा अपाध्यक्षमा रेजु पण्डित २९ मत र सचिवमा जेनिशा श्रेष्ठले १७ मत प्राप्त गर्नुभयो । सह सचिव र कोषाध्यक्षमा क्रमश सार्थक निरौला र निरज थापा निर्विरोध निर्वाचित हुनुभयो ।
वि.सं २०६७ सालदेखि सुरु भएको विद्यार्थी परिषदमा पहिलोपल्ट निर्वाचनको माध्यमबाट अध्यक्ष चयन गरिएको हो । मतगणनामा मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल कमल न्यौपाने, लेखा प्रमुख लक्ष्मिराज चापागाईलगायत कलेजका शिक्षकहरुले उम्मेदवार र प्रतिनिधीको रोहोवरमा मतगणना गर्नु भएको थियो।
निर्वाचित भएपछि विद्यार्थी परिषद अध्यक्ष मनिष घिमिरेलाई मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीलगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।