भूकम्पपीडित र बाढीले क्षति पुर्‍याएका सडक मर्मतबारे सदनलाई जानकारी गराउन थापाको माग

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद एवं कांग्रेस महामन्त्री गगन थापाले जाजरकोटको भूकम्प र असोजको बाढीबाट पुनर्निर्माण र जनताको आवास निर्माण गर्न सरकारले श्रोत कहाँबाट र कसरी जुटाउदैछ भन्ने कुरा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ।

आजको प्रतिनिधि सभा बैठकमा सांसद थापाले असोजको बाढीमा बगेका सडकको मर्मतबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको हो।

 जरकोट भूकम्पका कारण ९२ हजार प्रभावित भएको पनि उहाँले बातउनुभयो ।

उनीहरूले अहिलेसम्म अनुदानको दोस्रो किस्ता पाएका नपएको सांसद थापाले बातउनुभयो । असोजको बाढीका कारण क्षति भएका ४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिने सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको बाकी पैसा कहाँबाट ल्याउने भन्ने सरकारले नसोचेको उहाँले बातउनुभयो ।