आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने

काठमाण्डौ । आजको सङ्घीय संसद्को बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

सरकारले ल्याएका अध्यादेशहरू आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची थियो । तर ती अध्यादेशहरू पाश हुनका लागि राष्ट्रियसभामा आवश्यक मत नपुग्ने देखेपछि सरकार निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

राष्ट्रियसभाबाट अध्यादेश पाश गर्नका लागि सरकारसँग आवश्यक मत पुग्दैन । बहुमत पुर्‍याउनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालसँग छलफल भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनमन्त्री अजय चौरासियालाई आज अध्यादेश निर्णयार्थ पेश नगर्न निर्देशन दिनुभएको हो । त्यसपछि कानूनमन्त्रीले सभामुख देवराज घिमिरेलाई भेटेर आजको कार्यसूची परिवर्तन गर्न आग्रह गर्नुभएको थियो । लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो ।

सरकारले ल्याएका अध्यादेशहरूबारे सत्ताधारी दलले बचाउ गर्दै आएका छन् भने विपक्षी दलले चर्को विरोध गरेका छन् । प्रतिनिधिसभामा सत्तारूढ नोपली कांग्रेस र नेकपा एमालेको मात्रै बहुमत पुगे पनि राष्ट्रियसभामा भने बहुमत पुग्नका लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ ।