नेपाल टेलिकमको कार्य क्षमतामा वृद्धि गरी सुधार गर्न आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ ।

सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोह बोल्दै सञ्चारमन्त्री गुरुङले सरकारले सार्वजनिक संस्थाहरु सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरुमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताउनुभयो । उहाँले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको शेयर पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले विद्युत प्राधिकरणको पनि २५ प्रतिशत शेयर सर्वसाधरणको लागि दिने तयारी गरेको उल्लख गर्नुभयो । उहाँले सरकारीलाई कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदशिल भएर पारदर्शीता कायम गर्नुपर्ने सचेत गराउने बताउनुभयो । उहाँले नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले टेलिकम भ्वाइस मात्रै नभएर डाटामा पनि लाग्नुपर्ने समय आएको बताउनुभयो । नेपाल टेलिकमले कार्य क्षेत्र, सेवाको क्षेत्र बिस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले टेलिकम बद्लिँदो अवस्थासँगै आधुनिक हुँदै जानुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सुशासनको लागि प्रमुख काम इकमर्स भन्ने बुझेर सरकारले टेलिकम लगायतको भौतिक पूर्वाधार विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले आईटी क्षेत्रका लागि भौतिक पूर्वाधार बनेर फोरजी सेवा सबै स्थानीय तहको वडासम्म नपुगेसम्म इगभर्मेन्टको अनुभुति जनतालाई लिन नसक्ने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले टेलिकमले कार्यक्रम बनाएर एक वर्षभित्र फोरजी सेवा गाउँगाउँमा पुर्‍याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले टेलिकमले गुणस्तरीय फोरजी सेवा ग्रामिण क्षेत्रका घर–घरमा पुर्‍याउने गरी काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल टेलिकमको सेवा नपुगेका क्षेत्रमा टावरहरु थप्पदै सेवामा गुणस्तर बनाउन टेलिकमलाई निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले मधेश प्रदेशका सबै जिल्लामा नेपाल टेलिकमको सेवा बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ६ हजार ७ सय ४३ वडा कार्यालयहरुमा नेपाल टेलिकमले एक वर्षभित्र फोर जी सेवा पुर्‍याउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।