टेलिकमका २०१ कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक, एक महिनाको तलब थप
काठमाडौं । नेपाल टेलिकमका २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो ।
५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।
पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् ।