पोखरा गोल्डकपको २४ औं संस्करण आजदेखि सुरू

काठमाण्डौ । पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि सुरू हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब खेल्दैछन् ।

प्रतियोगितामा तीन वटा विदेशीसहित १२ टोली सहभागी रहेका आयोजकले जनाएको छ । जसमा ‘ए’ डिभिजनका सात क्लब, ‘बी’ डिभिजनको एक, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।