बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाण्डौ । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो ।
यसअघि सिंहदरबारमा बस्ने तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाउनुभएको हो ।
सामान्यतया मन्त्रिपरिषद् बैठक सिंहदरबारमै बस्ने गरेको थियो । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । आजको बैठकका एजेन्डाहरू सार्वजनिक गरिएको छैन ।