पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना
काठमाण्डौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना दिनुभएको छ ।
आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले श्रीपञ्चमीको दिनबाट ज्ञान आर्जन गर्दै उज्ज्वल भविष्यतर्फ उन्मुख हुने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “आज सरस्वती पूजा अर्थात श्रीपञ्चमी । साना बालबालिकाको अक्षरारम्भ गर्ने दिन । उनीहरू आजको दिनबाट ज्ञान आर्जन गर्दै उज्ज्वल भविष्यतर्फ उन्मुख हुनेछन । सबै बालबालिकालाई शुभकामना । त्यस्तै आज वसन्त पञ्चमी ,ॠतुहरुमा उत्तम वसन्त ऋतुको सुरुवात । सबैमा श्रीपञ्चमी र वसन्त पञ्चमीको शुभकामना ।”