शेयर बजार ६९ अङ्कले बढेर २७ सय विन्दुमा पुग्यो

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९.८० अङ्कले बढेर २ हजार ७ सय २७.५८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार उच्च अङ्कले बढेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय ३० वटा कम्पनीका २ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ५ महिनायताकै उच्च हो । यसअघि गएको भदौ १८ गते १३ अर्ब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।