सुनको मुल्य आज घटबढ भएन, चाँदी तोलामा ५ रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको मुल्य आज यथावत् रहेको छ । अस्ति शुक्रबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको सुनको मुल्य आज घटबढ भएन ।

आज अस्ति शुक्रवारकै मुल्य तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको १ लाख ६० हजार ५सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । शुक्रबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ घटेको महासङ्घले जनाएको छ । आज चाँदीको मुल्य तोलाको १ हजार ९ सय १० रुपैयाँ रहेको छ ।