त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

शृङ्खलामा अस्ति भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो ।

त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र नेपालबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।