पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो । शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ। यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ।