शैक्षिक गुणस्तर वृद्धि गर्न डडेलधुराको भागेस्वर गाउँपालिकामा ‘शिक्षक डायरी’
डडेलधुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न डडेलधुराको भागेस्वर गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवम् वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ पुर्याउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो ।
शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ । शिक्षणलाई प्रभावकारी बनाउन तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताउनुभयो ।
शिक्षक डायरीमा पालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको पालिका अध्यक्ष हेमराज चटौतले बताउनुभयो । रासस