बाग्लुङका दुग्ध उत्पादक किसान अनुदान पाउँदा उत्साहित
बाग्लुङ । दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बाग्लुङका दुग्ध उत्पादक किसान उत्साहित भएका छन् । गएको वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालू आर्थिक वर्षदेखि पाँच रुपैयाँ अनुदान पाउन थालेका हुन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङका प्रमुख डा। ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
बाग्लुङमा वार्षिक २३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ ।