केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि हुने

काठमाडौं ।  केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि सुरु हुने भएको छ।

आयोजक नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधवार पत्रकार सम्मेलन गर्दै केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी गराएको हो ।

ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले जानकारी दिनु भयो।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सबै उमेर समूहको रुची रहेकोले फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए ।

प्रधानमन्त्री केपी ओलीकको देश र समाजप्रतिको योगदानको कदर गर्दै उनको नाममा प्रतियोगिता गरेको उल्लेख गर्दै थेवेले भन्नु भयो, ‘ सम्मान गर्न लायक व्यक्तित्वहरुको नाममा जीवित हुँदै प्रतियोगिता आयोजना गरिनुपर्ने सन्देश दिन आवाश्यक छ।’

उहाँले केपी कपमा भारत, भुटान, उज्वेकिस्तानका क्लबहरुको सहभागिता रहने सम्भावना रहेको बताउनु भयो । केपी ओलीको पछिल्ला दुवै संस्करण मच्छिन्द्र क्लबले जितेको थियो।