रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्रीको पुनरावेदन निवेदनमा कास्की उच्च अदालतले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।
उच्च अदालतमा आज भएको सुनुवाइपछि न्यायाधीश मिलन कुमार राईको इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको हो ।
सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध रविले हिजो पुनरावेदन गरेका थिए ।