संसदका गतिविधि र सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष

काठमाडौं । सत्तारुढ दलहरुले संसदका काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निस्केको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारबाहीमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त ढंगबाट सरकारका सकारात्मक कार्यहरुप्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष भएको बताए ।

त्यस्तै, अध्यादेशका विषयमा सोधिएको प्रश्नमा उनले विधेयक र अध्यादेश फरक भएको उल्लेख गर्दै संसदमा पेश गरिने र ठीक नलागेको अवस्थामा अध्यादेश फेल गर्ने अधिकार संसदमा विद्यमान नै रहेको उल्लेख गरे ।