शेयर बजार आज पनि घट्यो, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार

काठमाण्डौ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.६६ अङ्कले घटेर २ हजार ६३३.२७ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब १२ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका १ करोड ७२ लाख कित्ता शेयर ८ अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।