भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय, संसद्को क्यालेन्डर तय

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकको बैठकले मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

आजको बैठकमा भोलि बोलाईएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले बताउनुभयाे । यस्तै, आज यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको बर्तौलाले बताउनुभयाे ।

बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुने सचेतक बर्तौलाले बताउनुभयाे । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । बर्तौलाको अनुसार माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय छुट्टाईएको छ  भने २९ र ३० गते पुनः संसद् बैठक बस्ने गरी तय गरिएको छ ।

आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।