एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निष्कर्ष

काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ ।

आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताउनुभयो ।

अहिले ३र३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । २०८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको खतिवडाले बातउनुभयो।

विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिनुभयो ।

प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सदन अन्त्यलगत्तै ल्याएका हुन् , लगानीसम्बन्धी अध्यादेश पारित गरेन यो आवश्यकता र औचित्यको आधारमा ल्याउने विषय भएको उहाँले बातउनुभयो ।

आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बातउनुभयो । दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।