
सुनको मुल्य आज २ सय रुपैयाँले घट्यो
काठमाण्डौ । सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजोको तुलनामा मुल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।