
पाकिस्तानको खैबर पख्तुनख्वामा सरकारी सेनाको कारबाहीमा ३० जना आतङ्ककारीको मुत्यु
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतङ्ककारीको मुत्यु भएको छ । सेनाले चलाएका ३ वटा अभियानका क्रममा हिजो एकैदिन ३० जना मारिएका पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सुरक्षा बलले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ । हिजो, लक्की मारवाटमा भएको कारबाहीमा १८ जना, कराक जिल्लामा ८ जना र खैबरमा २ जना मारिएका छन् ।
हतियार र गोला बारुदको ठूलो भण्डार पनि बरामद गरिएको जनाएको छ । यी क्षेत्रमा आतंकवादीहरूको उपस्थितिलाई हटाउन अभियान चलिरहेको छ । सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन दृढ रहेको बताएको छ ।
एजेन्सी