
विद्यालय शिक्षा ऐन चाँडै आउँछ स् शिक्षामन्त्री भट्टराई
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभयो। आज सरस्वती मावि गोनपा – ८ आहालेको स्वर्णजयन्तीको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
विद्यालय शिक्षा ऐन संसदमा भएको विद्यालय शिक्षा ऐन चाँडै ल्याउन काम गरिरहेका संसदीय समितिहरुले संशोधनकर्तासँग छलफल गरेर विद्यालय शिक्षा ऐनको बारेमा तीन दिन दफादार छलफल पनि भइसकेको उहाँले भन्नुभयो ।
मन्त्री भट्टराईले अहिले संसदीय समितिका सदस्यहरु छलफलमा रहेको भन्नुहुँदै विद्यालय शिक्षा ऐन संसदमा पास गर्न लागि पर्ने स्पष्ट पार्नुभयो। विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन खबरदारी आवश्यक भएको उहाँको भनाइ छ। उहाँले यो विधेयक संसदमा पास गरेर विद्यालय शिक्षा ऐन ल्याइने दाबी गर्नुभयो।
उहाँले शिक्षक सरुवा सम्बन्धी निर्देशिकाले सरुवामा देखिएका केहि बेथितीलाई अन्त्य गर्नुपर्ने बताउनुभयो। शिक्षक निर्देशिका अदालतमा विचाराधीन भएकाले अदालतको फैसलापछि निर्णयमा पुगिने मन्त्री भट्टराईको भनाइ छ।
शिक्षाको विकासको लागि तीनै तहको सरकारको समन्वय हुनुपर्ने भन्नुहुँदै मन्त्री भट्टराईले स्थानीय तहमा स्रोत साधनमा वृद्धि गर्नुपर्ने बताउनुभयो। अन्तराष्ट्रिय मान्यता अनुसार शिक्षामा २० प्रतिशत बजेट वृद्धि गर्न पहल गरिने उहाँको भनाइ छ।