
सुनको मुल्य आज १ हजार रुपैयाँले बढ्यो
काठमाण्डौ । आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको १ लाख ५९ हजार ६ सय रुपैयाँमा रहेको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ८ सय ७५ रुपैयाँ रहेको थियो ।