रास्वपाका सभापतिरविलाई आज पनि अदालतले परिवारको जिम्मामा छाड्यो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पनि जिल्ला अदालत रुपन्देहीले परिवारको जिम्मामा छाडेको छ ।

आज थुनछेक बहस नसकिएपछि अदालतले भोलि उपस्थित हुने शर्तमा लामिछानेलाई छाडिदिएको हो । भोलि थुनछेक बहस सकिएपछि अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालयले गएको आइतवार मुद्दा दायर गरेको थियो । लामिछानेलाई जिल्ला अदालत कास्की र काठमाण्डौले धरौटीमा छाडिसकेका छन् ।