भृकुटीमण्डपमा ‘मेक इन नेपालु’ र ‘नेपाल पस्मिना’ अन्तर्राष्ट्रिय एक्स्पो सुरू
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि’ मेक इन नेपाल’ एक्सपो २०२५ र ‘नेपाल पस्मिना’ अन्तर्राष्ट्रिय एक्स्पो सुरू भएको छ ।
नेपाल उद्योग परिसङ्घसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग सङ्घको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एकैसाथ दुई वटा एक्स्पो शुरू भएका हुन् । एक्स्पो पर्सिसम्म सञ्चालन हुनेछन् ।
एक्स्पोमा नेपाली पस्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन सुविधा छन् ।
एक्स्पोले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुर्याउने र नेपाली उत्पादनलाई प्रोत्साहन पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । एक्स्पोमा स्वदेशी वस्तु तथा सेवाका एक सय ५० वटा स्टल रहेका छन् ।