राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाण्डौ । राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ(आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लिामक गणतन्त्र इरानका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।