यो सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछः उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताउनु भएको छ ।
आज राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताउनु भएको छ ।
संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उहाँको भनाई छ । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिनुभएको छ । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिँदै उहाँले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।