
सुनको मुल्य आज ४ सय रुपैयाँले घट्यो
काठमाण्डौ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनको मुल्य एकैदिन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलाको १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो ।