नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताउनु भएको छ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेको बताउनुभयो।
भविष्यको बारेमा सोच्नुपर्ने अहिले नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नभएको,राजनीतिक अस्थिरता चुनौती बनिरहेको महासचिव पोखरेलले बातउनुभयो । सभ्य र विकसित राष्ट्र निर्माण गर्ने कुरामा यातायात क्षेत्रको प्रगति हुनुपर्छमा जोड दिनुभयो ।
महासचिव पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि पनि यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।