नेपाल र चीनको युवान प्राप्तबिच युथ फुटबल हुने
काठमाण्डौ। नेपाली युवा टोलीले आगामी फेब्रुअरी १५ तारिख चीनको युनान प्रान्तको युवा टोलीसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि आज नेपालस्थित चिनियाँ दूतावाससँग सम्झौता गरेको छ । सम्झौता पत्रमा एन्फाका महासचिव किरण राई र दूतावासका उपप्रमुख वाङ जिनले हस्ताक्षर गर्नुभयो ।
प्रतियोगिताका लागि युनान खेलकुद ब्युरो र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गर्नेछ । एन्फाले आयोजकको रूपमा सबै प्राविधिक सहयोग गर्ने बताईएको छ ।