
सुनको मुल्य १ हजार १ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । सुनको मुल्य आज एकैदिन तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । सुनको मुल्य आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य तोलाको १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ८ सय ६० रुपैयाँ रहेको थियो ।