डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाटअलग भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग भएको घोषणा गर्नुभएको छ ।

अमेरिकाले अन्य देशको तुलनामा डब्ल्यूएचओमा आबद्ध हुँदा अनुचित मूल्य चुकाइरहेको छ ट्रम्पले बताउनु भउको छ । मंगलबार ह्वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले संयुक्त राष्ट्रसंघले डब्ल्यूएचओमार्फत् अमेरिकालाई पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनु भएको हो ।

यस्तै अमेरिका पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिएको छ । शपथ ग्रहणको केही घण्टापछि उहाँले पेरिस सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नुभएको हो ।

विश्व स्वास्थ्य संगठन र पेरिस सम्झौताबाट बाहिरिएपछि यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।