मध्यस्तकर्ताले अन्तिम मस्यौदा बुझाएसँगै गाजामा युद्धविरामको सम्भावना बढ्यो
इजरायल र हमास लडाकु समूहबीच गाजामा युद्धविराम हुने सम्भावना उच्च भएको छ । गाजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्ताकार आज कतारको दोहामा अन्तिम सम्झौताका लागि जुट्ने तयारी भइरहेको समाचार संस्था रोयर्टसले जनाएको छ ।
मध्यस्तकर्ताहरूले यसअघि गएराति इजरायल र हमास लडाकु समूहलाई सम्झौताको अन्तिम मस्यौदा बुझाइ सकेका छन् । गएराति सम्झौताको अन्तिम मस्यौदा बुझाएसँगै युद्धविरामको अन्तिम ‘ब्रेक थ्रु’ भएको विश्लेषण गरिएको छ । युद्धविरामसँगै बन्दी रिहाइको एक महत्त्वपूर्ण कार्य अगाडि बढ्ने अपेक्षा छ ।
इजरायल र हमास लडाकुबीच युद्धविरामको सहमति जुटाउन अमेरिकी राष्ट्रपति जो बाइडेन र यही जनवरी २० तारिखमा राष्ट्रपतिको पद सम्हाल्न लागेका नवनिर्वाचित डोनाल्ड ट्रम्पका प्रतिनिधि पनि रहेका खबरमा उल्लेख छ ।
सन् २०३२ को अक्टोबर ७ तारिखमा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेलगत्तै दुई पक्षबीच लगातार गाजामा आक्रमणका घटना हुँदै आएका छन् ।
एजेन्सी