प्रधानमन्त्री ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना व्यक्त

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिनुभएको छ।

थारु समुदायको मुख्य पर्वको रूपमा रहेको माघे सङ्क्रान्ति कन्दमूल खाने पर्वको रूपमा पनि रहेको उहाँले उल्लेख गर्नुभएको छ।

‘आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण ९प्रवेश० गर्ने भएकोले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ, आज घिउ, चाकु, तरुल, तिल, खिच्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुँगी खाने चलन छ,सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा लेख्नुभएको छ।