अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण सफल

अन्तरिक्षमा रहेको चिनियाँ टोलीले सन् २०२५ को शुरूमै गरेका नयाँ र महत्त्वपूर्ण परीक्षणहरु सफल भएका छन् ।

चीनको मानव अन्तरिक्ष एजेन्सी ९सीएमएसए० का अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले गरेको परीक्षण सफल भएको हो ।

उनीहरुको परीक्षणबाट विभिन्न जटिल पाइपलाइन र रोबोटको डिजाइनसहित प्रमुख प्रविधिहरू प्रमाणित गरेको सीएमएसएले जनाएको छ ।

सङ्कलन गरेको तथ्याङ्कले भू–आधारित अन्वेषकलाई दृश्य गति प्रशोधनमा गुरुत्वाकर्षणको प्रभाव र अन्तरिक्ष उडानहरूमा अवरोध नियन्त्रण गर्न मद्दत गर्ने सीएमएसलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

चीनले गएको वर्ष अक्टोबर ३० मा तीन जना अन्तरिक्ष यात्रीलाई छ महिनाको लागि अन्तरिक्ष केन्द्रको परिक्रमा गर्न पठाएको छ ।

यसैबीच अमेरिकाबाट प्रक्षेपण गर्न लागिको जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द भएको छ । प्रक्षेपणको अन्तिम मिनेटमा प्राविधिक समस्याका कारण उडान रद्ध गरेको समाचारसंस्था एपीले जनाएको छ ।

तीन सय २० फिट लामो न्यु ग्लेन रकेट सोमवार बिहानै फ्लोरिडबाट एउटा स्याटेलाइट लिएर उड्ने योजना थियो ।