काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरू भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले पाइपलाइनको परीक्षण सुरू गरेको थियो ।

मेलम्ची उपआयोजना–२ अन्तर्गत बिछ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।

परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताउनुभयो ।

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा एक हजार १० किलोमिटर पाइपलाइन रहेको छ । सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा अहिलेसम्म ६० हजार आठ सय ३१ वटा नयाँ मिटरसमेत जडान भइसकेको छ । रासस