आज राष्ट्रिय भक्का दिवस मनाइँदै

काठमाण्डौ आज झापा, मोरङ र सुनसरीमा राष्ट्रिय भक्का दिवस मनाइँदैछ ।  पूर्वी तराईका बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायको संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ ।

 विशेषगरी जाडो महिनामा खाइने भक्का बिहानको खाजाको रुपमा खाने गरिन्छ ।

नेपालका पूर्वी तराई जिल्ला झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।

भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने गर्छ । विगत ७ वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ । भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न यो दिवस मनाउँदै आइएको छ ।