एन्फा महिला लिगमा एपीएफले आर्मीलाई ३–१ गोलले हरायो

काठमाण्डौ । एन्फा महिला लिगमा आज शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा भएको खलमा एपीएफले आर्मीलाई ३–१ गोलले हरायो । अन्तिम चरणमा अपराजित एपीएफ चार खेलमा १२ अङ्कसहित शीर्ष स्थान र सामान खेलमा दुई जीत र एक बराबरी गरेको आर्मी सात अङ्कसहित दोस्रो स्थानमा छ ।

अर्को विभागीय टोली नेपाल पुलिस क्लब तालिकाको तेस्रो स्थानमा छ । बागमती युथ क्लब चौथो र अङ्कविहिन रहेको वालिङ नगरपालिका पुछारमा छ । अन्तिम चरणमा सहभागी पाँच टोलीले दुई पटक एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् ।