अदालत उपस्थित भइन् लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला
काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालत हाजिर भएकी छन्।
मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला बुधबार अदालत उपस्थित भएकी हुन्।
पुस २ गते कोइरालासहित रंगेली नगरपालिका- २ का अध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष सन्तलाल खवास, सहकारीका अध्यक्ष श्याम रौनियारसहित २५ जनाविरुद्ध पक्राउको अनुमति भएको थियो।
अञ्जला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन्। उनले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन्। उक्त सहकारीबाट २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको छ।