प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड तथा फुलहम र इप्सविच टाउनले बराबरी खेले

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड २–२ गोलको बराबरी खेलेका छन् ।

पहिलो स्थानमा रहेको लिभरपुललाई १३ औं स्थानको म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको हो । बराबरीसँगै शीर्ष स्थानको लिभरपुलको १९ खेलमा ४६ अङ्क भएको छ ।

म्यानचेस्टर युनाइटेडको २० खेलमा २३ अङ्क छ । गएराति नै भएको खेलमा फुलहम इप्सविच टाउनले पनि २–२ गोलको बराबरी खेलेका छन् ।

फुलहम २० खेलमा ३० अङ्कसहित नवौं स्थानमा रहदा समान २० खेलमा १९ अङ्कसहित इप्सवीच टाउन १८ औं स्थानमा छ ।